काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार घटेको छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १९.३४ अंक घटेर २६२२.४८ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ५ अर्ब ५२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक बढेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत घटेको छ।
आज सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सर्वोत्तम पेन्ट्सको सेयरमूल्य आज ६८ रुपैयाँ ४० पैसा बढेर ५२४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ
कारोबार रकमका आधारमा यस दिन एग्रिकल्चरल बण्ड (९ वर्ष) शीर्ष स्थानमा रहेको छ। यस दिन ५० करोड ६८ लाख रुपैयाँबराबरको सो बण्ड कारोबार भएको छ। यसैगरी, आज सोलु हाइड्रोपावरको ३९ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने खानी खोला हाइड्रोपावर कम्पनीको कारोबार रकम २५ करोड रुपैयाँ नाघेको छ।





प्रतिक्रिया दिनुहोस्