Skip to content

सेयर बजारबाट एक महिनामा साढे ६२ करोड पुँजीगत लाभकर संकलन

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा सेयर बजारबाट सरकारको ढुकुटीमा पुँजीगत लाभकरबापत ६२ करोड ४९ लाख ६५ हजार ३१५ रुपैयाँ संकलत भएको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार साउन मसान्तसम्म उक्त रकम पुँजीगत लाभकर संकलन भएको हो ।

तथ्यांकअनुसार चालु आवको साउन महिनामा व्यक्तिगत तर्फका दीर्घकालीन कारोबारीले १९ करोड ३५ लाख ८५ हजार रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै व्यक्तिगत तर्फका अल्पकालीन कारोबारीले ३५ करोड ७१ लाख ५ हजार ५७७ रुपैयाँ लाभकर तिरेका छन् ।

यस्तै संस्थागत लगानीकर्ताले ७ करोड ४२ लाख ७४ हजार ७३३ रुपैयाँ तिरेका छन् ।

लगानीकर्ताले सेयर खरिद गरेको १ वर्षभन्दा कम समय होल्ड गरेर बिक्री गर्दा आएको नाफामा १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ । यस्तै एक वर्षभन्दा बढी समयसम्म होल्ड गरेर बिक्री गर्दा ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था रहेको छ । यो लाभकर साउनदेखि लागू भएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T