काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लू मोटर्सले डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो ई-२’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।
भिगो ई-२ मा ९५ किलोवाटको इलेक्ट्रिक मोटर, ५२.३ किलोवाट आवरको ब्याट्री र ४ सय ३० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।
यो गाडीको डिजाइन ‘रुबिक्स क्युब’ अवधारणामा आधारित छ । यसमा त्रिकोणीय क्रिस्टल टावर टेललाइट, जियोमेट्रिक डिजाइनका रियर भ्यु मिरर, सेमी-हिडन डोर ह्यान्डल तथा विशेष डिजाइनको ह्विल प्रयोग गरिएको छ ।
भिगो ई-२ मा ३सी फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने र डीसी फास्ट चार्जरमा ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब १८ मिनेटमा चार्ज गर्न सक्छ ।
मनाङ, मुस्ताङ, शुक्लाफाँटा, कालिञ्चोक, सोलुखुम्बु लगायत चुनौतीपूर्ण गन्तव्यहरूमा पनि यो गाडी पुगिसकेको छ । यसमा १८५-१९० एमएमको ग्राउन्ड क्लियरेन्स छ ।
भिगो ई-२ को इन्टेरियरलाई पनि कम्पनीले प्रिमियम अनुभव दिने गरी तयार पारेको कम्पनीको दाबी छ । गाडीमा १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन तथा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । क्याबिनमा आरामदायी सिट, एम्बियन्ट लाइटिङ, वायरलेस चार्जिङ तथा मल्टिमिडिया सुविधा उपलब्ध छन् ।
भिगोमा अगाडिका सिटहरू इलेक्ट्रिक एडजस्टमेन्ट तथा भेन्टिलेसन सुविधा सहित उपलब्ध हुने छन् । यसले लामो यात्रामा चालक तथा यात्रुको आरामलाई प्राथमिकता दिएको देखिन्छ ।
भिगोमा सामान्य ह्याचब्याक वा क्रसओभरभन्दा फरक देखिने गरी बडीको डिजाइन गरिएको छ । अगाडिको भागमा आधुनिक हेडलाइट डिजाइन, छेउमा सेमी-रिसेस्ड डोर ह्यान्डल तथा पछाडितर्फ विशेष किसिमको टेललाइट डिजाइन दिइएको छ । कम्पनीले यसलाई ‘रुबिक्स क्युब’ डिजाइन अवधारणामा आधारित रहेको बताएको छ ।
भिगोमा एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल-स्टार्ट एसिस्ट, रियर पार्किङ सेन्सर तथा रियर क्यामराजस्ता सुरक्षा सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
यसको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । भदौ ९ गतेदेखि हुने नाडा अटो शोमा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । गाडी सार्वजनिक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भिगो ई-२ पारिवारिक प्रयोगका लागि उपयुक्त हुने फुल एसयूभी भएको बताए ।
अग्रवालले नामी भिगो ई-टु ले नेपालको चुनौतीपूर्ण भूगोलमा आफ्नो क्षमता प्रमाणित गरिसकेको बताए । मनाङ, मुस्ताङ, सोलुखुम्बु, कालिन्चोक र शुक्लाफाँटा जस्ता क्षेत्रमा यो गाडी पुगिसकेको उनले बताए ।
सन् १९६४ मा विराटनगरको एउटा सानो वर्कसपबाट सुरु भएको एमएडब्लूको यात्रा अहिले नेपालको सबैभन्दा ठूलो अटोमोबाइल समूह बन्न सफल भएको उनको भनाइ छ ।
डोङफेङ नामी अहिले नेपालमा दोस्रो ठूलो चिनियाँ ईभी आयातकर्ता ब्रान्ड बनेको छ । देशभरि २ हजारभन्दा बढी ग्राहक रहेको उनले बताए । नामी भिगोका लागि ४५ दिनभन्दा बढीको बुकिङ रहेको र दसैंसम्म माग अझै बढ्ने देखिएकाले इच्छुक ग्राहकलाई बेलैमा बुकिङ गर्न उनले आग्रह गरे ।





प्रतिक्रिया दिनुहोस्