Skip to content

नेपाल लाइफका सीईओ प्रवीणरमण पराजुलीको राजीनामा माग्दै अभिकर्ताको नाराबाजी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीणरमण पराजुलीको राजीनामा माग्दै कम्पनीका अभिकर्ताहरू आन्दोलनमा उत्रिएका छन्।
अभिकर्ताहरूले बिहीबार काठमाडौंस्थित याक एण्ड यति होटल बाहिर नाराबाजी गर्दै पराजुलीको राजीनामा मागेका हुन्। उनीहरूले अभिकर्ताप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने, जारी भइसकेका बीमा अभिलेख सार्ने कार्य बन्द गर्नुपर्ने तथा बोनस घटाएर बीमितलाई असर पार्ने काम रोक्नुपर्ने माग राखेका छन्।
यसैगरी, सबै बीमा योजनामा न्यूनतम ६५ प्रतिशत बोनस कायम गर्नुपर्ने, विगतमा गरिएका सम्झौता तथा सहमति कार्यान्वयन गर्नुपर्नेलगायतका माग पनि अभिकर्ताहरूले अघि सारेका छन्।
अभिकर्ताहरूले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्। यसैबीच, नेपाल लाइफको सञ्चालक समितिको ४७औँ बैठकले साउन ३१ गते प्रवीणरमण पराजुलीलाई पुनः कम्पनीको सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो। पुनः नियुक्त भएका पराजुलीले साउन २९ गतेदेखि नै पदभार सम्हालेका छन्।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T