Skip to content

बजेटमा ५२ अर्बसम्म अनुदान उठाउने लक्ष्य राखेको १५ अर्बभन्दा बढी नआएको अर्थमन्त्री वाग्लेको गुनासो

काठमाडौं । अर्थमन्त्री डा‌ स्वर्णिम वाग्लेले विगत ५–७ वर्षदेखि बजेटमा ४८ देखि ५२ अर्ब रुपैयाँसम्म अनुदान उठाउने लक्ष्य राखेको भएपनि १० देखि १५ अर्ब रुपैयाँभन्दा बढी अनुदान नआएको गुनासो गरेका छन् ।

उनले आज लेखा समितिको बैठकमा यस्तो गुनासो गरेका हुन् । ‘विगतका ५–७ वर्ष अगाडिदेखि अनुदान ४८, ५०, ५२ अर्ब उठाउँछौं भने पनि यथार्थमा १०, १२, १५ अर्बभन्दा अनुदान आएको छैन’ उनले भने ।

नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको उनको तर्क छ ।

उनले विगतमा बजेटमा ठूलो परिमाणमा अनुदान आउने अनुमान गरिए पनि आउने बताए । ‘यस वर्ष २१ सय २४ अर्बको बजेटमा २४८ अर्ब ऋण लिने भनेका छौं, वैदेशिक ऋण र अनुदानमा यसपटक एमसीए लगायतको पनि हिसाब गरेको हुनाले ६२ अर्ब जति छ’ उनले भने ।

अर्थमन्त्री वाग्लेले वैदेशिक सहायता कति रणनीतिक छ र दातृ निकायको आफ्नै स्वार्थसँग कति जोडिएको छ भन्ने विषयमा गम्भीर छलफल हुनुपर्ने बताए ।

उनले भारत, चीन, बेलायत, जापान र अमेरिकालगायतका मुलुकबाट प्राप्त हुने द्विपक्षीय अनुदान अहिले पनि जारी रहेको बताए ।

उनले बाइल्याटरल ग्रान्टमा भारत सरकारले दिने,चीन सरकारले दिने,बेलायत, जापान, अमेरिकी सरकारले दिने अनुदानहरू आइरहेको जानकारी गराए । ५० मिलियनदेखि १०० मिलियन डलरको हाराहारीमा मुख्य हाम्रा दातृ निकाय र दातृ राष्ट्रहरूले दिने गरेको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T