Skip to content

आयात ३१.०४ बढ्दा निर्यात ६१.७२ प्रतिशत बढ्यो, व्यापार घाटामा भने आएन सुधार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालको वैदेशिक व्यापारमा आयात ३१.०४ प्रतिशत र निर्यात ६१.७२ प्रतिशत बढेको छ ।
भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनाको तथ्यांकअनुसार साउनमा व्यापार घाटा २४.८८ प्रतिशतले बढेको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा नेपालले ३८ अर्ब ७० करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। गत आर्थिक वर्षको पहिलो महिनामा यस्तो निर्यात २३ अर्ब ९३ करोड रुपैयाँ थियो। यसरी एक वर्षमै निर्यात १४ अर्ब ७७ करोड रुपैयाँले बढेको हो। तर यही अवधिमा आयात अझै ठूलो आकारमा बढेकाले व्यापार घाटा पनि फराकिलो भएको छ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत आर्थिक वर्षको साउनमा आयात १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ थियो। अर्थात् आयात ३१.०४ प्रतिशतले बढेको छ।

आयात र निर्यात बीचको अन्तर अर्थात् व्यापार घाटा भने चालु आवको पहिलो महिनामा १ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। गत वर्षको सोही महिनामा यस्तो घाटा १ खर्ब १९ अर्ब १० करोड रुपैयाँ थियो। यस वर्ष व्यापार घाटा २९ अर्ब ६२ करोड रुपैयाँ अर्थात् २४.८८ प्रतिशतले बढेको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T