Skip to content

सनराइज फोकस्ड इक्विटी फण्डले घोषणा गर्‍यो ४.५ प्रतिशत लाभांश 

काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्विटी फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीलाई ४.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। फण्डले करसहित ४.५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
भदौ ५ गते बसेको लक्ष्मी सनराइज क्यापिटलको सञ्चालक समितिको बैठकले इकाईधनीलाई उक्त दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको जनाइएको छ।
फण्डले घोषणा गरेको प्रतिफल सम्बन्धी अन्य आवश्यक प्रक्रिया तथा विवरण भने नियामकीय व्यवस्था र क्यापिटलले तोकेबमोजिम हुने बताइएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T