Skip to content

स्वरोजगारले विन नेपाल लघुवित्तलाई प्राप्ति गर्दै, कहिलेबाट हुँदैछ एकीकृत कारोबार सुरु? 

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गरेपछि एकीकृत वित्तीय कारोबार सुरु गर्ने भएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा–५ मा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको स्वरोजगार लघुवित्तले बनेपा–१३ मा केन्द्रीय कार्यालय रहेको बागमती प्रदेशस्तरीय कार्यक्षेत्र भएको विन नेपाल लघुवित्तलाई प्राप्ति गर्न लागेको हो ।
प्राप्तिका लागि नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट आवश्यक अन्तिम स्वीकृति प्राप्त भइसकेको संस्थाले जनाएको छ । स्वीकृति प्राप्त भएसँगै तोकिएको मितिदेखि ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’कै नामबाट एकीकृत वित्तीय कारोबार सञ्चालन गरिने भएको छ ।
संस्थाले एकीकृत कारोबार भदौ २१ गतेबाट सुरु हुनेछ । विन नेपाल लघुवित्तलाई प्राप्ति गरेपछि स्वरोजगार लघुवित्तको व्यावसायिक पहुँच तथा ग्राहक आधार थप विस्तार हुने अपेक्षा गरिएको छ । दुवै संस्थाको एकीकरणपछि वित्तीय सेवा थप प्रभावकारी बनाउने तथा लघुवित्त क्षेत्रमा संस्थाको उपस्थिति मजबुत बनाउने लक्ष्य लिइएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T