Skip to content
Prabhu

विवाद भएपछि धितोपत्र बोर्डका सदस्य सुरकृष्ण वैद्यले छाडे रिलायन्स फाइनान्सको जिम्मेवारी

 

काठमाडौं । नेपाल धितोपत्र बोर्डका बोर्ड सदस्य सुर कृष्ण वैद्यले एक वर्षपछि रिलायन्स फाइनान्सको जिम्मेवारीबाट राजीनामा दिएका छन् । धितोपत्र बोर्डको सञ्चालक समिति सदस्य रहेका वैद्यले विवाद भएपछि रिलायन्स फाइनान्सको सञ्चालकबाट राजीनामा दिएका हुन् ।

धितोपत्र बोर्डमा सूचिकृत कम्पनीको सञ्चालक पनि रहेको अवस्थामा बोर्डको पनि सदस्य रहन नमिल्ने भन्दै विबाद भइरहेको थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिका रूपमा बोर्डको सञ्चालक सदस्यको जिम्मेवारीमा रहेका छन् ।

उनले रिलायन्स फाइनान्सको सञ्चालकबाट राजीनामा दिएका छन् । उनको राजीनामा रिलायन्स फाइनान्सले स्वीकृत पनि गरेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal