काठमाडौ । आजदेखि काठमाडौंको भृकुटीमण्डपमा गाडीको कुम्भमेला नाडा अटो शो सुरु भएको छ ।
नाडा अटो शोमा जानेहरुले दुई पाङग्रे, तथा चार पाङग्रे सवारी साधानको अवलोकन तथा खरिद गर्नुका साथै ऋण लिने, बीमा गर्न समेत एकै थलोबाट पाउनेछन् । विभिन्न बैंकहरुले नाडा अटो शो लक्षीत कर्जा योजना ल्याएक छन् । साथै बीमा कम्पनीहरुले पनि बीमाको योजना ल्याएका छन् ।
नाडा अटो शोमा ग्लोबल आइएमई बैंक, नबिल बैंक, कृषि विकास बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया र लक्ष्मी सनराइज बैंक तथा गोर्खाज फाइनान्स, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंकले नाडा अटो शो का लागि अफर ल्याएका छन् ।
यस्तै बीमा तर्फ शिखर इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले नाडामा सहभागी भएर आफ्नो स्टलमा जानृहरुका लागि लक्की ट्र गर्ने भएको छ । लक्की ड्रमा विजयी हुनले १ जनाले नगरकोटमा रहेको सोल्टी होटलमा एक जनालाई एक रातको अफर रहेको छ । यस्तै अर्को एक जनालाई एक वर्षको स्वास्थ्य बीमा गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सहभागी हुने केहीलाई सान्त्वना पुरस्कार रहेको छ ।
यस्तै नबिल बैंकले नाडा अटो शो लक्षीत कर्जा योजना ल्याएको छ । बैंकले ५.१७ प्रतिशतमा अटो लोन दिने जनाएको छ । ग्लोबल आइएमई बैंकले ५.१७ प्रतिशतमा कर्जा दिने जनाएको छ । यो अफर अटो शो अवधिभर रहने छ । यो सेवा बैंकका सबै शाखाबाट पाइने छ । हाल बैंकको आधारदर ४.६७ प्रतिशत रहेको छ । सेवा शुल्क ०.५ प्रतिशत रहेको छ ।
कुमारी बैंकले १० वर्षका लागि ५.२१ प्रतिशतमा कर्जा दिने जनाएको छ । बैंकको सेवाशुल्क ०.५ प्रतिशत रहेको छ । यस्तै एनआईसी एशिया बैंकले ७ वर्षका लागि ५.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा दिने जनाएको छ ।
यस्तै लक्ष्मी सनराइज बैंकले इभी लोन ५.४९ प्रतिशतमा दिने जनाएको छ । बैंकको फ्लटिङ रेट आधारदरमा ०.५ प्रतिशत थप हुनेछ ।
६० प्रतिशतसम्मको फाइनान्सिङ सुविधा रहेको छ । सेवाशुल्क ०.५ प्रतिशत रहेको छ । बैंकका २५४ शाखाबाट यो सेवा उपलब्ध रहेको जनाएको छ ।
यस्तै प्रभु बैंकले आधार दर ४.९४ प्रतिशतमा ०.५० प्रतिशत प्रिमियम थपेर कर्जा दिने जनाएको छ । बैंकले नाडा अवधिभर ०.५० प्रतिशत सेवाशुल्क लिने जनाएको छ ।
कृषि विकास बैंकले सवारी कर्जा ५.६६ प्रतिशतमा दिने र सेवशुल्क ०.५ प्रतिशत लिने जनाएको छ । कर्जाका अवधि ७ वर्ष रहेको छ । बैंकले सेवाशुल्क र ब्याजदर प्रिमियममा ३३.३३ प्रतिशत छुट दिने जनाएको छ ।
यस्तै गोर्खाज फाइनान्सले ६.९९ प्रतिशत ब्याजदरमा कर्जा दिने जनाएको छ । यो दरमा केही हुने बैंकको भनाइ छ । यस्तै महालक्ष्मी विकास बैंकले ६.४९ प्रतिशतमा अटो लोन दिने भएको छ ।






प्रतिक्रिया दिनुहोस्