काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।
बुधबार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने गृह मन्त्रालयले जनाएको छ ।
‘‘मुस्लिम आयोगबाट भदौ १० गते बुधबारका दिन मोहम्मद जयन्ती परेको व्यहोरा जानकारी प्राप्त हुन आएको हुँदा भदौ १० गते नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ” जारी विज्ञप्तिमा भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्