काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकै पटक ६ निकायलाई ३ दर्जन निर्देशन जारी गरेको छ ।
सेबोनले मंगलबार एकै पटक ६ वटा निकायलाई ३४ बुँदे निर्देशन जारी गरेको छ । जसमा सबैभन्दा बढी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का लागि १९ बुँदे निर्देशन रहेको छ ।
यस्तै सिडिएससी एण्ड क्लियरिङलाई ५ बुँदे निर्देशन जारी गरेको छ ।
यस्तै सेबोनले सूचीकृत कम्पनीलाई २ वटा निर्देशन जारी गरेको छ भने मर्चेन्ट बैंकरलाई ३ बुँदे, धितोपत्र दलाल व्यवसायीलाई ४ बुँदे र योजना व्यवस्थापक तथा डिपोजिटरीहरुलाई १ बुँदे निर्दृेशन जारी गरेको छ ।
धितोपत्र कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरूको कारोबारको नियमन तथा अनुगमन गर्ने, गराउने उद्देश्यका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा ९१० अनुसार बोर्डबाट निर्देशन जारी गरेको जनाएको छ ।
नेपालको पूँजी बजारको विकास तथा सुधारको दिशा दिने गरी लागू गरिएको पूँजी बजार विकास मार्गचित्र, २०८३ एवं चालु आ.व. २०८३/८४ को पूँजी बजार नीति तथा कार्यक्रममा तय भएका नियामकीय सुधार तथा विकास कार्यक्रमको कार्यावन्वयनलाई निरन्तरता दिदैं आएको जनाएको छ ।
सोही क्रममा धितोपत्रको कारोबारलाई सुदृढ, प्रभावकारी तथा विश्वसनीय बनाउन धितोपत्र बजार र धितोपत्र कारोबारको नियमन तथा अनुगमन गर्न निर्देशन जारी गरिएको जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्