Skip to content

तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको सूचना, सतर्क रहन आग्रह

काठमाडौं । तिब्बततर्फ पानीको ड्याम पुनः फुटेको सूचना प्राप्त भएको छ । यससँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणलाई तत्काल सतर्क रहन आग्रह गरिएको छ ।

पानीको झ्याम फुटेसँगै नदी तथा आसपासका क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएको छ ।

सम्बन्धित निकायले उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्मीलाई समेत उच्च सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

सर्वसाधारणलाई नदी किनार, खोला तथा बाढीको जोखिम भएका क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ । साथै, प्राप्त सूचनालाई सम्बन्धित व्यक्ति तथा समुदायसम्म तत्काल पुर्‍याउन आग्रह गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T