Skip to content

सिद्धार्थ बैंकले बाढी पीडितको राहतका लागि २ करोड ५१ लाख सहयोग गर्याे

काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितको उद्धार तथा राहतका लागि सिद्धार्थ बैंकले २ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।

सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बश्यालले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले कठिन परिस्थितिमा प्रभावित नागरिकहरूको पीडामा साथ दिने तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वासका साथ उक्त रकम कोषमा उपलब्ध गराएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T