Skip to content

रसुवाको बाढीमा बेपत्ता कर्मचारीको खोजीका लागि हिमालयन बैंकको अपिल

काठमाडौं । रसुवा जिल्लामा २०८३ साल भदौ १० गते बिहान अकस्मात् आएको बाढीपछि एक बैंकका कर्मचारी सम्पर्कविहीन भएका छन्।
बाढीपछि बैंकको बेत्रावती शाखामा कार्यरत कर्मचारी अर्पण अर्याल सम्पर्कविहीन भएका हुन्। उनी सम्पर्कविहीन भएपछि बैंकले तत्काल प्रहरीलाई जानकारी गराएको र हाल उनी बेपत्ता व्यक्तिको सूचीमा रहेको जनाएको छ।
अर्यालको खोजीका लागि बैंक, स्थानीय कर्मचारी तथा उनका परिवारजनले निरन्तर प्रयास गरिरहेको भए पनि हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन।
बैंकले अर्याललाई देखेको वा उनको अवस्थाबारेमा कुनै जानकारी प्राप्त गरेका व्यक्ति तथा सर्वसाधारणलाई नजिकको प्रहरी कार्यालय वा बैंकले उपलब्ध गराएको सम्पर्क नम्बरमा जानकारी गराइदिन बैंकले अपिल गरेको छ ।
बैंकले विपद्को यस कठिन अवस्थामा अर्यालको सुरक्षित उद्धारका लागि सबै पक्षबाट सहयोगको अपेक्षा गरेको जनाएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T