Skip to content

सेयर बजारमा पहिरो: हाइड्रो, निर्जीबन बीमा बेचेर सिमेन्टमा लगानीकर्ताको ध्यान

काठमाडौं । गत बुधबार रसुवागढीको भोटेकोशी आएको बाढीको असर सेयर बजारमा पनि देखिएको छ । बाढीले जलविद्युत आयोजनामा क्षति पुर्याएपछि त्यसको असार बजारमा पनि देखिन थालेको छ ।

बजारमा लगानीकर्ता जलविद्युत कम्पनी, निर्जीबन बीमा कम्पनीको सेयर बिक्री गरेर सिमेन्ट कम्पनीको सेयर किन्न थालेका छन् । जलविद्युत कम्पनीमा परेको क्षति र निर्जीबन बीमा कम्पनीका पर्ने दाबीका डरले लगानीकर्ता उत्पादनमुलक कम्पनीतिर लागेको बताइन्छ ।

कारोबारमा जलविद्युत समूहको उपसूचक २.९४ प्रतिशतले घटेको छ भने निर्जीबन बीमा समूहको उपसूचक ५.०३ प्रतिशतले घटेको छ । १३ वटै निर्जीबन बीमा कम्पनीको मूल्य घटेको छ । यता तीन जलविद्युत कम्पनीको मूल्य बढेको छ भने १०७ कम्पनीको मूल्य घटेको छ ।

बजार राताम्मे बन्दा उत्पादन तथा प्रशोधन उपसमूहको सूचक बाहेक सबै घटेको छ । कारोबारमा बजार मापन गर्ने सूचक ४३.८९ अंकले घटेर २५१३.४२ बिन्दु कायम भएको छ । ३४७ कम्पनीको ९३ लाख २२ हजार १२५ कित्ता सेयर ३ अर्ब ६४ करोड ८६ लाख ९ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा २१ कम्पनीको मूल्य बढेको छ भने बाँकी २५३ कम्पनीको मूल्य घटेको छ । आज धेरै गुमाउनेमा मैलुङखोला जलविद्युत कम्पनी रहेको छ भने रसुवागढी हाइड्रोपावर, चिलिमे हाइड्रो लगायत कम्पनी रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T