Skip to content

नुवाकोटको त्रिशुली पारीको भू-भाग सडक सञ्जालमा जोडियो

काठमाडौं । भोटेकोशीकमा आएको बाढीले त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको नुवाकोटको त्रिशुली पारीको भूभागलाई यातायात सञ्जालमा जोड्ने गरी सडक सुचारु गरिएको छ।

गल्छी-त्रिशुली राजमार्गअन्तर्गत त्रिशुली पुल पारीबाट त्रिशुली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला, गौरीबेसी हुँदै त्रिशुली बजारसम्म सडक सञ्चालनमा आएको हो ।

सडक सुचारु भएसँगै नुवाकोटका धेरै नागरिकलाई सदरमुकामसँग पुनः सडक पहुँच स्थापित भएको छ। साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अत्यावश्यक सामग्रीको आवतजावतमा समेत सहजता हुने पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T