Skip to content

आइसिएफसी फाइनान्सले १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । आइसएफसी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको भदौ १६ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको ३७२औँ बैठकले चुक्ता पुँजीको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीका अनुसार २०८३ असार मसान्तसम्म कायम चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको १०.५२६३ प्रतिशत बराबरको नगद लाभांश प्रस्ताव गरिएको छ। प्रस्तावित लाभांश रकम १२ करोड ४५ लाख ७५ हजार ७०३ रुपैयाँ ६६ पैसा रहेको छ। उक्त नगद लाभांशमा लाभांशबापत लाग्ने करसमेत समावेश गरिएको कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T