Skip to content

बाढी प्रभावितलाई रामगोपालपुर नगरपालिकाबाट ३१ लाख सहयोग

काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितलाई करिब ३१ लाख सहयोग गर्ने निर्णय गरेको छ । बाढी प्रभावितको राहत, उद्धार एवं पुनःस्थापनामा रु ३१ लाख ३५ हजार १३४ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेकोे नगरपालिका प्रमुख रामदुलार साहले जानकारी दिए ।

“राहतका लागि नगर बजेटको आन्तरिक स्रोत, जनप्रतिनिधि, कर्मचारी र सामुदायिक विद्यालयका शिक्षकको योगदान रहेको छ”, नगरप्रमुख साहले भने, “यस्ता विपद्मा मन खोलेर सहयोग गर्न सबैपक्षसँग अपिल गरेका छौँ ।” यसअघि गौशाला, बर्दिबास, भङ्गाहा, औरही र मटिहानी नगरपालिकाले बाढी प्रभावितको सहयोगका लागि ४७ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइसकेको जानकारी दिइएको छ । महोत्तरी जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T