Skip to content
Prabhu

नागरिक लगानी कोषले १४ प्रतिशत लाभांश दिने

nabil

काठमाडौं । नागरिक लगानी कोषले आफ्ना सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कोषको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०७९/०८० को आम्दानीबाट आफ्ना सेयरधनीलाई १४ प्रतिशत सेयर बोनस दिने निर्णय गरेको हो ।

त्यसका साथै कर प्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद दिने निर्णय गरेको छ । कोष सञ्चालक समितिले निर्णय गरेको लाभांश आगामी साधारणसभामा पेस गर्ने र उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालबाट सहमति प्राप्त भए वार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण गरिने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal