Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले साधारण सभा बोलाएको छ ।

बैंकले असोज २२ गतेका लागि सभा बोलाएको हो । सभा एलिस रिसेप्सन गैरीधारा काठमाडौंमा बस्ने छ । सभामा बैंकले सेयरधनीलाई दिने प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र करसहित ६.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने छ ।

साथै सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश गर्नेछ ।

बैंकले सभा प्रयोजनका लागि असोज ८ देखि २२ गतेसम्म बुकक्लोज गर्ने भएको छ । सेयरधनीले असोज ७ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश र सभामा भाग लिन पाइने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T