Skip to content

गरिमा विकास बैंकले बोलायो साधारण सभा

काठमाडौं । गरिमा विकास बैंकले २०औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा असोज २६ गते होटल पोखरा ग्राण्ड, बिरौटा, पोखरामा हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई दिन प्रस्ताव गरेको लाभांशको प्रस्ताव पेश गरिनेछ ।

बैंकले १० प्रतिशत बोनस सेयर र करसहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यस्तै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्विजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

बैंकले असोज १४ गते एक दिनका लागि बुकक्लोज गर्ने जनाएको छ । असोज १३ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् । साथै सभामा भाग लिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T