काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा शीर्ष नेतृत्वबीच सर्वदलीय बैठक सुरु भएको छ ।
रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल सुरु भएको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वको सहभागिता रहेको छ ।







प्रतिक्रिया दिनुहोस्