काठमाडौं । कामना सेवा विकास बैंकले २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
आज सम्पन्न सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई दिएको लाभांश पारित गरेको छ ।
बैंकले गत आवको नाफाबाट करसहित १५.७८९५ प्रतिशत नगद लाभांश दिएको थियो । यस्तै बैंकले अग्राधिकार सेरधनीलाई अग्राधिकार सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि ९ प्रतिशत लाभांश दिने प्रस्ताव समेत पारित गरेको छ ।
यस्तै सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नाफा–नोक्सान बाँडफाँट हिसाबलगायत वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने लगायतका अन्य प्रस्ताव पारित गरेको छ ।






प्रतिक्रिया दिनुहोस्