काठमाडौं । चिलिमे हाइड्रोपावरको सुरुङमा ४ वटा शव फेला परेका छन् । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढीले सुरङ थुनेको थियो । उक्त सुरुङमा फेला परेका ४ जनाको शवमध्ये २ वटा निकालिएको छ ।
नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले २ वटा शव निकालेको जनाइएको छ । बाँकी २ वटा निकाल्ने क्रममा रहेको जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्