Skip to content

रास्वपा सभापित र प्रधानमन्त्रीको नाम जोडिएको ‘द ग्रे जोन’को रिपोर्टबारे अर्थमन्त्री मौन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, प्रधानमन्त्री वालेन्द्र शाह, गृहमन्त्री सुधन गुरुङ लगायतका नेताहरुको नाम जोडिएको ‘द ग्रे जोन’को रिपोर्टबारे अर्थमन्त्री डा स्वर्णिम वाग्ले मौन बनेका छन् ।

उक्त रिपोर्टमा लामिछाने, शाह तथा गुरुङ लगायतलाई नीति संवादका नाममा अमेरिकी लगानी रहेको उल्लेख छ । यी बिषयमा आज वाग्लेलाई ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारबारे सिंहदरबारमा सन्चारकर्मीहरुले प्रश्न सोधेका थिए । वाग्ले भने मौन रहे ।

ग्रे जोनको रिपोर्टबारे बोलिदिनु न, प्रधानमन्त्री र सांसदहरूकै नाम जोडिएर आएको छ। प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेको छ, यो रिपोर्टबारे तपाईं के पाउनु हुन्छ ? वास्ताविकता हो कि शतप्रतिशत झूटो हो ? भनेर प्रश्न सोधिएको थियो । मन्त्री वाग्लेले कुनै जवाफ नदिइ आफ्नो बाटो लागेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T