काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ३.८० प्रतिशत बोनस सेयर रहेको छ । यसैगरी, करप्रयोजनको लागि ०.२० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
भदौ ३१ गते, बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।






प्रतिक्रिया दिनुहोस्