काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदी मूल्य घटेको छ। आज सुन प्रतितोला २ हजार ३०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला २ लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भएको छ। मंगलबारको बजारमा सुन प्रतितोला ३ लाख १ हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो ।
यसैगरी, आजको बजारमा चाँदी प्रतितोला ४ हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।






प्रतिक्रिया दिनुहोस्