Skip to content

अस्ट्रेलियामा विदेशी विद्यार्थीले अध्ययनका क्रममा परिवार, सन्तान लैजान नपाउने, नेपाली पनि प्रभावित हुने

काठमाडौं । अस्ट्रेलियाले विदेशी विद्यार्थीका परिवारसम्बन्धी भिसा व्यवस्थामा कडाइ गर्ने भएको छ । विदेशी विद्यार्थीले अध्ययनका क्रममा आफ्ना पति/पत्नी, पार्टनर वा सन्तानलाई अस्ट्रेलिया लैजान नपाउने भएका छन् ।

गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार नेसनल प्रेस क्लबमा आप्रवासनसम्बन्धी नयाँ नीति सार्वजनिक गरेको थियो ।

सन् २०२८ सम्ममा कूल विदेशी आप्रवासन (नेट ओभरसिज माइग्रेसन) वार्षिक २ लाख २५ हजारमा झार्ने लक्ष्य राखेको छ ।

हाल अस्ट्रेलियामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीले निश्चित सर्तमा आफ्नो परिवारका सदस्यलाई ‘डिपेन्डेन्ट’ का रूपमा लैजान सक्छन् । विद्यार्थीका पति वा पत्नी तथा पार्टनरले पनि अस्ट्रेलियामा काम गर्न पाउँछन् ।

विद्यार्थीले १८ वर्षभन्दा कम उमेरका आफूमा आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाँउछन् । अब यो व्यवस्था हट्नेछ ।

गृह मामिला मन्त्री बर्कले यसअघि पनि विद्यार्थी आवासको अभावलाई अन्तर्राष्ट्रिय शिक्षासँग जोडिएको प्रमुख चुनौतीका रूपमा उल्लेख गरेका थिए ।

अस्ट्रेलियामा आप्रवासन बढेसँगै आवासको माग, पूर्वाधार र सामाजिक सेवामाथि दबाब बढेको भन्दै आलोचना हुँदै आएको छ ।

सरकारको यो नीतिले नेपाली विद्यार्थी पनि प्रभाव हुने भएका छन् । धेरै नेपाली अध्ययनका लागि अस्ट्रेलिया जाने गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima