Skip to content

माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा

 

काठमाडौं । माछापुच्छ्रे बैंकले साधारण सभा बोलाएको छ

बैंकले असोज २८ गतेका लागि सभा बोलाएको हो ।

सभामा हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गरिने छ ।

सभामा अग्राधिकार सेयरधनीहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयरको ८.२५ प्रतिशतका दरले असार मसान्तसम्मको समानुपातिक रुपमा हुने करसहित नगद लाभांश वितरण गर्ने पेश गरिने छ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक पदमा ४ वर्षका लागि अर्जुन कुमार गौतमलाई नियुक्ती गरिएको जानकारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश गरिने छ ।

सभा प्रयोजनका लागि बैंकले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। असोज ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् । सभामा भाग लिन पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima