Skip to content

पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ लाख कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसअनुसार आईपीओको कुल रकम १५ करोड रुपैयाँ हुनेछ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यससम्बन्धी सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष लालप्रसाद सावा लिम्बुले हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर कार्यक्रममा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठको समेत उपस्थिति थियो ।

पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि तथा विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ ।

कम्पनीले ‘सानो लगानी, ठूलो अवसर, राष्ट्र निर्माणमा’ भन्ने नारासहित ऊर्जा, सूचना प्रविधि, सञ्चार तथा पर्यटनलगायतका क्षेत्रमा रणनीतिक रूपमा लगानी गर्दै आएको छ ।

कम्पनीका अनुसार प्रस्तावित आईपीओ निष्कासनपछि सर्वसाधारणको सहभागिता बढ्नुका साथै कम्पनीको लगानी विस्तार र पूँजी परिचालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima