Skip to content

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाज दुर्घटनामा परेको छ । जहाजको पछाडितर्फको दायाँपट्टिको एउटा पाङ्ग्रा खुस्किएर बाहिर निस्किएको हो ।
नेपालगञ्जबाट १३ जना यात्रु लिएर डोल्पा गएको सीता एयरको जहाज आज बिहान जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । बिहान ८ः२५ बजे अवतरण गर्ने क्रममा जहाजको पछाडितर्फको एउटा पाङ्ग्रा खुस्किएर बाहिर निस्किएको थियो ।
जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ जना यात्रु सवार थिए । यात्रुमध्ये ११ जना पुरुष र २ जना महिला रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा सबै यात्रु सकुशल रहेका छन् ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
MAK 4T
sanima