काठमाडौं । यस वर्षको महान् पर्व दसैँ तथा तिहारलाई अझ विशेष र उत्साहपूर्ण बनाउन एलजी ले विशेष पर्व लक्षित उपहार योजना “एलजी को उपहार, मनाऔँ दसैँ र तिहार” सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आफ्ना विभिन्न उत्पादनहरूमा आकर्षक नगद छुटको व्यवस्था गरेको छ । जस अनुसार टिभी ९३२ इन्च बाहेक०, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर, र ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्राहकहरूले नगद छुट प्राप्त गर्न सक्नेछन् ।
नगद छुटका साथै, कम्पनीले निश्चित उत्पादनहरूको खरिदमा आकर्षक उपहारहरू पनि उपलब्ध गराएको छ ।
कम्पनीले वासिङ मेसिनमा फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टप लोडमा ४ केजी सर्फ एक्सेल, र ट्विन टबमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइनेछ।
रेफ्रिजरेटरस् साइड-बाई-साइड रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन र ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार पाइनेछ । डिशवासरको खरिदमा २ प्याकेट फर्च्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट, र एयर कन्डिसनर को खरिदमा निश्शुल्क जडान सेवा उपलब्ध हुनेछ।
त्यसैगरी, चयनित उत्पादनहरूमा नो-कस्ट ईएमआई सुविधा पनि उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो रोजाइका एलजी उत्पादनहरू सहज किस्ताबन्दीमा खरिद गर्न थप सुविधा प्रदान गर्नेछ ।
एलजीका उत्पादनहरूमा प्रविधि, डिजाइन, ऊर्जा दक्षता र टिकाउपनलाई विशेष प्राथमिकता दिइँदै आएको छ। यस पर्व योजनामार्फत ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त उत्पादनसँगै आकर्षक मूल्य तथा उपहारको संयोजन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
एलजी इलेक्ट्रिक नेपालमा एलजीको आधिकारिक वितरकका रूपमा, देशभर रहेका अधिकृत एलजी ब्रान्डसप तथा बिक्री केन्द्रमार्फत यो पर्व योजना सञ्चालन गर्नेछ। ग्राहकहरूले आफ्ना आवश्यकता र बजेटअनुसार एलजीका विभिन्न उत्पादन छनोट गरी यस पर्वलाई थप विशेष बनाउन सक्नेछन् ।
“एलजी को उपहार, मनाऔँ दसैँ र तिहार” योजनाले यस वर्षको दसैँ तथा तिहारलाई खुशी, सुविधा र आधुनिक प्रविधिसँग जोड्दै घरघरमा उत्सवको माहोल थप्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्