Skip to content

मध्यरातिदेखि प्रहरीको सुरक्षामा रहेका पूर्वप्रधानन्यायाधीश जबरा घर फर्किए, यस्तो छ ‘सुरक्षा थ्रेट’को कारण

काठमाडौं । ‘सुरक्षा थ्रेट’का कारण प्रहरीको सुरक्षा घेरामा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निजी निवासमा फर्किएका छन् ।

जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै आइतबार मध्यराति महाराजगञ्जस्थित उनको निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुरक्षा दिनका लागि भन्दै लगेको थियो ।

जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको जानकारी पाएको प्रहरीले मध्यराति उनलाई कार्यालय लगिएको थियो । उनलाई कुनै पनि पक्राउ पुर्जी दिइएको थिए ।

प्रहरीले उनलाई पक्राउ नगरेको दाबी गर्दै ‘सुरक्षा थ्रेट’ रहेको सूचना पाएर सुरक्षा दिएको जनाएको छ ।

हाल जबराले आफुलाई सुरक्षित महशुस गरेको स्थान अर्थात उनकै निवासमा पठाइएको छ ।

उच्च स्रोतका अनुसार जबरालाई पक्राउ गर्नु अघि हेल्लो सरकारमा केही उजुरीहरु परेको बताइएको छ ।

उनी विरुद्द परेको उजुरीमा अनुचित लेनदेन, बिचौलीया र बिचौलीयाका नजिकका मानिससँग अनावश्यक हिमचिम रहेको पाइएको छ ।
स्रोतका अनुसार अनुचित लेनदेनमा जबरा स्वयम नभएर उनका नजिकका मानिस संलग्न रहेको हुनसक्ने देखिएको छ ।
यो विषयमा भने राज्यका सरोकारवाला निकायले अनुसन्धान गरिरहेको स्रोतको दाब‌ी छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima