काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
असोज १० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गरेको हो ।
बैंकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर सहित ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्