Skip to content

हकप्रद सेयर निष्काशन गर्न राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले बोलायो विशेष साधारण सभा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीले विशेष साधारण सभा बोलाएको छ । कम्पनीको असोज १२ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते बुधबार विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार विशेष साधारण सभा असोज २८ गते बिहान ९ बजे ललितपुरको चापागाउँस्थित हिमशिखर पार्टी भेन्यूमा हुनेछ ।
सभामा कम्पनीको जारी पूँजी संशोधनसहित प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पेश गरिने भएको छ ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजीको १ः०.२५१४११ अनुपातमा हुने गरी ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । उक्त हकप्रद सेयरको कुल रकम ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ बराबर हुनेछ ।
विद्युत् नियमन आयोगले ३० करोड ८१ लाख २६ हजार २४५ रुपैयाँ ३४ पैसा बराबरको ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर निष्काशनका लागि स्वीकृति दिएको भए पनि दशमलवमा सेयर संख्या आउने भएकाले नजिकको अंकमा समायोजन गरी ३० करोड ८१ लाख २६ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरिएको कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी दिएको छ ।
हकप्रद सेयर निष्काशनका क्रममा नियमनकारी निकायको निर्देशन तथा सुझावअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक हेरफेर, परिमार्जन, संशोधन, समायोजन वा थपघट गर्नुपर्ने भएमा सोसम्बन्धी सम्पूर्ण कार्य गर्ने तथा हकप्रद सेयर निष्काशनका क्रममा देखिने बाधा–अड्चन फुकाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीको सेयरधनी दर्ता पुस्तिका तथा सेयर दाखिला–खारेजीको कार्य (बुक क्लोज) असोज २० गते एक दिन बन्द रहनेछ ।
असोज १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई सात कार्यदिनभित्र दाखिला–खारेजीका लागि प्राप्त भएका सेयरबाट कायम सेयरधनीहरू विशेष साधारण सभामा सहभागी हुन योग्य हुने कम्पनीले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima