Skip to content

सेयर बजारमा रोकिएन गिरावट, १९९ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । सेयर बजारमा देखिएको गिरावट कायमै छ । बजार मापन गर्ने सूचक ९.६२ अंकले घटेर परिसूचक २६०३.७१ बिन्दु कायम भएको छ ।

बजारमा गिरावट आउँदा १९९ कम्पनीको मूल्य घटेको छ भने ६९ कम्पनीको मूल्य बढेको छ । ३६३ कम्पनीको १ करोड १० लाख ६९ हजार ७४ कित्ता सेयर ४ अर्ब ६५ करोड ४८ लाख ७८ हजार ४५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा निर्जीवन बीमा र अन्य समूहको उपसूचकमा हरियाली देखिएको छ । बाँकी सबै समूहको उपसूचक राताम्ने भएका छन् ।

मंगलबारको कारोबारमा कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी पहिलो स्थानमा रहेको छ । कम्पनीको २२ करोड ९९ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ । यस्तै शिवम सिमेन्टको १७ करोड २५ लाख ७९ हजार ५७८ रुपैयाँको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima