Skip to content

सेयर बजार ४.८२ अंकले घट्यो, १५७ कम्पनीको मूल्यमा गिरावट 

काठमाडौं । बुधबार सेयर बजार घटेको छ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ बिन्दुमा झरेको छ ।
आज सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् मंगलबार ४ अर्ब ६५ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। आज जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।
आज सिन्धु विकास बैंकको सेयरमूल्य सर्वाधिक १४.३७ प्रतिशत बढेको छ । आज सयपत्री हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने घलेम्दी हाइड्रोको सेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो उच्च स्थानमा रहेको छ । आज यस कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima