काठमाडौं । सांसद प्रकाश पाठकले नेपाली नागरिकका व्यक्तिगत विवरण डार्क वेबमा सार्वजनिक हुनु गम्भीर विषय भएको बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले केही समयअघि डार्क वेबमा नेपालसँग सम्बन्धित संवेदनशील विवरण सार्वजनिक भएको उल्लेख गर्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने बताए ।
उनका अनुसार नेपालका वाणिज्य बैंकका हजारौं ग्राहक तथा कर्मचारीका लगइन विवरणसमेत असुरक्षित अवस्थामा रहेको पाइएको छ । बैंकका ग्राहक तथा कर्मचारीका लगइन विवरण बाहिरिनुले बैंकिङ प्रणालीको साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठाएको उनले बताए ।
‘केही समयअघि डार्क वेबमा नेपालसम्बन्धी एउटा विवरण सार्वजनिक भयो । नेपालका वाणिज्य बैंकका हजारौं ग्राहक र कर्मचारीको लगइन विवरण असुरक्षित रहेको देखियो,’ उनले भने ।
यस्तो घटनाले बैंकहरूको आन्तरिक सूचना प्रणाली तथा साइबर सुरक्षा व्यवस्था कति सुरक्षित छ भन्ने प्रश्न खडा गरेको पाठकको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्