काठमाडौं । बिहीबार सेयर बजार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । आज यस्तो परिसूचक ०.२६ अंक बढेर २५९९.१५ विन्दुमा बन्द भएको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार ४ अर्ब ७६ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको बजारमा आज ४ अर्ब ८९ करोड १८ लाख ७६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। आज बैंकिङ, विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक सामान्य अंक बढेको हो ।









प्रतिक्रिया दिनुहोस्