Skip to content

ह्वीलिङ चार्ज महँगो भयो: इप्पानका वरिष्ठ उपाध्यक्ष भ्लोन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इप्पानका वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोनले विद्युत नियमन आयोगले सार्वजनिक गरेको राष्ट्रिय विद्युत् प्रसारण तथा वितरण प्रणाली (विद्युत् ग्रिड) को प्रयोग गर्न दिए बापत लिइने शुल्क (ह्वीलिङ चार्ज) महँगो भएको बताएका छन् ।

आयोगले बिहीबार ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा निजी क्षेत्रलाई राष्ट्रिय विद्युत् प्रसारण तथा वितरण प्रणाली (विद्युत् ग्रिड) को प्रयोग गर्न दिए बापत लिइने शुल्क (ह्वीलिङ चार्ज) मापदण्ड सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा उनले शुल्क महँगो भएको बताएका हुन् ।

आयोगका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि नेपाल विद्युत प्राधिकरण अन्तर्गतको राष्ट्रिय विद्युत् प्रसारण ग्रिड (नेशनल ट्रान्समिसन ग्रिड) मा रहेको प्रसारण प्रणाली उपयोग गर्दा मध्यकालीन र दीर्घकालीन खुला पहुँचका लागि प्रति मेगावाट ४.१३ लाख रुपैयाँ प्रतिमहिना र अल्पकालीन खुला पहुँचका लागि प्रतिकिलोवाट घण्टा ५७ पैसा प्रसारण शुल्क तोकीएको छ ।

भ्लोनले उक्त शुल्क महँगो भएको बताए । यो शुल्कलाई पुनरावलोकन गर्नु पर्ने उनको धारणा छ । यो शुल्कले नेपाली बिजुलीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन नसिकने भ्लोनको दाबी छ ।

भारतमा स्वच्छ ऊर्जाका लागि आन्तरिक ट्रान्समिसन चार्ज निःशुल्क रहेकोले नेपाली बिजुली प्रतियुनिट करिब १ रुपैयाँ ४० पैसा जति महँगो पर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिने उनको भनाई छ ।

उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले यो विषय लामो समयदेखि निजी क्षेत्रले माग गर्दै आएको बताए । उनले शुल्क महंगो भएको बिषयलाई खानासँग तुलनामा गरेका छन् ।

”हाम्रो इप्पानका साथीले भन्नु भएको जस्तो खाना खान नपाएसम्म खानाको टेनसन, खाना खाएपछि हजार टेनसन भनेको जस्तो । अस्तीसम्म ह्वीलिङ प्राइस नभएसम्म ह्वीलिङ प्राइज नभएको टेनशन, आज ह्वीलिङ प्राइज आएपछि अब प्राइसको नेटसन भयो”  मन्त्री श्रेष्ठले भने । यो व्यबहारिक कुरा भएको उनको धारणा छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima