काठमाडौं । रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना रोकिए मधेश आन्दोलित हुने बताएका छन् ।
उनले आयोजना ७ बर्षदेखि स्थगित रहेको र यो समयमा नै सन्चालन नहुने हो भने मधेश आन्दोलित हुनुको बिकल्प नभएको उनको भनाइ छ ।
सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेशका लागि महत्वपूर्ण परियोजना भएको, यसले रौतहट, बारा, सर्लाही, महोत्तरी र धनुषा जिल्ला र सिरहा तथा सप्तरीमा पानी पुर्योउने अर्को आयोजना बन्न लागेको स्मरण गराए ।
साथै पूर्वी मधेशका ३ जिल्लामा सिंचाइ सुविधा पाउने आशमा रहेको बताए ।
करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत रहेको जानकारी गराए ।
७ बर्षदेखि आयोजना स्थगन हुँदा कृषक निराश भएको जानकारी गराए । मधेशको स्रोत खेती भएको र त्यसमा पनि खेलाची भएको उनको भनाइ छ ।
सरकारले समयमा नै आयोजना अघि बढाउने स्पष्ट कार्ययोजना, काम रोकिनुको कारण र आगामी योजना बारे सरकारलाई स्पष्ट पार्न आग्रह गरे ।
‘’ब्रेक थ्रु भइसकेको दुई वर्षभन्दा बढी समय भइसक्दा पनि काम अगाडि बढेको छैन । यो नबढ्नुको कारण के हो, बन्द हुने स्थिति के हो र आगामी वे फरवार्ड के हो ? यी कुरामा थप स्पष्टता भइदिए हुन्थ्यो’’ उनले भने ।
उनले सिँचाइका आयोजना अन्योलमा रहँदा कृषि उत्पादनमा समस्या हुने बताए । ‘’मधेशसँग देखाउनलाई हिमाल छैन, उत्पादन गर्न हाइड्रो पनि छैन । भएकै एउटा खेती छ, त्यसमा पनि तपाईंहरू यस्तो अल्झाएर राख्नुहुन्छ’’ उनले भने ।
सरकारले टेन्डरका प्रक्रिया पूरा भइसके पनि अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरेको छ ।









प्रतिक्रिया दिनुहोस्