Skip to content

करदाता प्रोत्साहन उपहारः पर्साका लालबाबु साह कानुले पाए १० लाख

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको उपहार घोषणा गरिएको छ। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा प्रतिनिधिसभा सदस्यद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार विजेताको घोषणा गरेका हुन् ।

घोषणाअनुसार पर्साका लालबाबु साह कानुले १० लाख रुपैयाँको १५ दिने बम्पर उपहार जितेका छन्। उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।

उपहार विजेता कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा। भीष्मकुमार भूसालले तत्कालै फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन तथा नगद कारोबारमार्फत बिल लिएका उपभोक्ताका कुल ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रममा सहभागी हुन योग्य थिए ।

त्यसमध्ये नगद कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ कारोबार थिए । त्यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ कारोबार उपहारका लागि योग्य भएका थिए ।

कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताको कुपनसमेत सार्वजनिक गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima