काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताएका छन् ।
कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उनले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको बताए। उनले आफू प्रायः एक्लै रहने बानी परेको भन्दै त्यसलाई समेत राजनीतिक प्रसंगसँग जोडेर व्यंग्यात्मक शैलीमा प्रस्तुत गरे।
‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ लामिछानेले भने।









प्रतिक्रिया दिनुहोस्