Skip to content

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मण्डलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ वा हानी गरेको भन्दै धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर मण्डलसहित पाँच जनामाथि मुद्दा दायर गरेको छ ।
आयोगले धनौजी गाँउपालिकाले आर्थिक वर्ष २०७७÷७८ मा डिप बोरिङ जडान, शीतभण्डारको पर्खाल निर्माण तथा विद्यालय भवन निर्माण योजनाको ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन नगरी नगराइ रकम भुक्तानी गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।
आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत मण्डल, धनौजी गाँउपालिकाका तत्कालीन सह–लेखापाल विनोदकुमार मण्डल, जनकपुर टुडे मिडिया ग्रुप प्रालि तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका अध्यक्ष वृजकुमार यादव, अमृत मिडिया प्रालि तथा  अमृत मिडिया प्रालिका अध्यक्ष एवं जनकपुर टुडे मिडिया ग्रुप प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडिया प्रालिका बजार प्रतिनिधि सञ्जयकुमार यादवविरुद्ध  जनही रु तीन लाख ८० हजार विगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर बिगो तीन लाख ८० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग दाबी गरिएको बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima