काठमाडौं । सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटलले कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो २८औँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीले नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स स्वरूमका रूपमा नयाँ शोरुम विस्तार गरेको जनाएको छ। शोरुम सञ्चालनमा आएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स र घरायसी उपकरण एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्।
सीजी डिजिटल विराटनगर शोरुमको भव्य उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्स, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गरेका हुन्। नयाँ शोरुमले पूर्वी नेपालमा आधुनिक इलेक्ट्रोनिक्स रिटेल सेवाको पहुँच विस्तार गर्नुका साथै ग्राहकलाई गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपालको अग्रणी मल्टीब्रान्ड इलेक्ट्रोनिक्स रिटेल नेटवर्कमध्ये एक सीजी डिजिटलले आधुनिक प्रविधि, गुणस्तरीय उत्पादन र विश्वसनीय ग्राहक सेवामार्फत देशभर आफ्नो उपस्थिति विस्तार गर्दै आएको छ। कम्पनीका अनुसार सीजी इलेक्ट्रोनिक्सको रिटेल नेटवर्कअन्तर्गत हाल देशभर २८ वटा शोरुम सञ्चालनमा छन्। तीमध्ये २२ वटा सीजी डिजिटल र ६ वटा एलजीका शोरुम रहेका छन्।
सीजी डिजिटलका शोरुममा एलजी, सीजी, सीजी मेरिडिया, टीसीएल, गोदरेज, मिडिया, क्रम्पटन, बेको, सेन्सेई, केन्ट, हाइसेन्स, ब्ल्याक एन्ड डेकर, बर्कशायर तथा अन्य प्रतिष्ठित ब्रान्डका टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, माइक्रोवेभ ओभनलगायतका घरायसी उपकरण उपलब्ध छन्। साथै, नथिङ, मोटोरोलालगायतका मोबाइल ब्रान्डका उत्पादन पनि ग्राहकले खरिद गर्न सक्नेछन्।
नयाँ शोरुमको उद्घाटन तथा विजया दशमीको अवसर पारेर सीजी डिजिटलले ग्राहकका लागि विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यी योजनाअन्तर्गत ग्राहकले विशेष छुट, पक्का उपहार तथा आकर्षक पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन्।
‘स्पिन एन्ड विन’ योजनामार्फत ग्राहकले भाग्य आजमाउँदै तत्काल ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस योजनाले ग्राहकको किनमेल अनुभवलाई थप रोमाञ्चक र लाभदायी बनाउने कम्पनीको विश्वास छ।
‘बम्पर लक्जरी ड्र’ योजनाअन्तर्गत पाँच जना भाग्यशाली विजेताले मोबाइल फोन जित्ने अवसर प्राप्त गर्नेछन्। स्योर सट गिफ्ट’ योजनामार्फत ग्राहकले प्रत्येक खरिदमा पक्का उपहार प्राप्त गर्न सक्नेछन्। यसले इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिद गर्ने ग्राहकलाई थप लाभ पुग्ने कम्पनीले जनाएको छ।
ग्राहकको आर्थिक सहजतालाई ध्यानमा राख्दै कम्पनीले शून्य प्रतिशत ब्याजदरमा ईएमआई सुविधा उपलब्ध गराएको छ। साथै, पुराना इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण साटेर नयाँ उत्पादन खरिद गर्न सकिने एक्सचेन्ज सुविधा पनि रहेको छ। यी सुविधाले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार नयाँ उत्पादन खरिद गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
कम्पनीले उल्लेखित अफर तथा सुविधा लागू हुने नियम र सर्तअनुसार उपलब्ध हुने जनाएको छ । सीजी डिजिटलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन एउटै छानामुनि उपलब्ध गराउँदै ग्राहकलाई सहज, विश्वसनीय र गुणस्तरीय किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ। विराटनगरमा नयाँ शोरुम सञ्चालनमा आएसँगै पूर्वी नेपालका ग्राहकलाई नवीनतम प्रविधि र आधुनिक घरायसी उपकरणको पहुँच सहज हुने कम्पनीको अपेक्षा छ।
नयाँ शोरुमबाट ग्राहकले आफ्ना आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका उत्पादन तुलना गरी छनोट गर्न, नवीनतम प्रविधिबारे जानकारी लिन तथा आवश्यक उपकरण एउटै स्थानबाट खरिद गर्न सक्नेछन्।
सीजी डिजिटलले देशभर आफ्नो रिटेल सञ्जाल विस्तार गर्दै ग्राहकको विश्वास कायम राख्ने र उत्कृष्ट सेवामार्फत आधुनिक जीवनशैलीलाई सहज बनाउने लक्ष्य लिएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्