काठमाडौं । सुपरमाई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती प्राप्त गरेको छ । कम्पनीले १ बराबर ०.९२५२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्व स्वीकृती पाएको हो ।
यस अनुसार कम्पनीले ५९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख ४० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
कम्पनीको ११ औँ वार्षिक साधारण सभाले १ बराबर १ अनुपतमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गरी पूर्व स्वीकृतीका लागि आयोगमा निवेदन दिएकोमा, आयोगले १ बराबर ०.९२५२ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने पूर्व स्वीकृती दिएको हो ।
हकप्रद सेयर निष्काशनबाट प्राप्त रकम कम्पनीले नबिल बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्