Skip to content

होर्मुज क्षेत्रमा २ जहाजमाथि आक्रमण, दुई भारतीय नागरिक बेपत्ता

nabil
global ime
काठमाडौं । होर्मुज जलडमरूमध्ये क्षेत्रमा दुई व्यावसायिक जहाजमाथि आक्रमण हुँदा दुई भारतीय नागरिक बेपत्ता भएका छन् । भारतको विदेश मन्त्रालयले सन् २०२६ अक्टोबर ११ मा भएका घटनाप्रति चिन्ता व्यक्त गर्दै बेपत्ता नाविकको खोजी तथा उद्धारका लागि समन्वय भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार एमटी पेट्रो डल्फिन नामक जहाजमा ड्रोनबाट आक्रमण भएको थियो । उक्त जहाजमा सवार ११ भारतीय नागरिकमध्ये दुई जना बेपत्ता भएका छन् ।
त्यस्तै, मार्सल आइल्यान्डको झण्डा बोकेको तेलवाहक जहाज एमटी भाल्थेरा माथि अज्ञात वस्तुले प्रहार गर्दा आगलागी भएको थियो । उक्त जहाजमा रहेका सबै ११ भारतीय नागरिक भने सुरक्षित रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ।
बेपत्ता नागरिकको खोजी तथा उद्धार र अन्य भारतीय नाविकलाई आवश्यक सहयोग उपलब्ध गराउन मस्कटस्थित भारतीय दूतावासले ओमानका अधिकारी तथा सम्बन्धित जहाज व्यवस्थापन कम्पनीसँग समन्वय गरिरहेको छ।
भारतको विदेश मन्त्रालयले उक्त क्षेत्रमा व्यावसायिक जहाजमाथि भइरहेका निरन्तरका आक्रमणले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । भारतीय नाविकको सुरक्षा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै मन्त्रालयले व्यावसायिक जहाज, नाविक तथा नागरिक पूर्वाधारमाथिका आक्रमण रोक्नुपर्नेमा जोड दिएको छ।
भारतले जारी द्वन्द्वको समाधान संवाद र कूटनीतिमार्फत खोज्न तथा तत्काल तनाव कम गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, अन्तर्राष्ट्रिय कानुनअनुसार समुद्री मार्गमा आवागमनको स्वतन्त्रता र व्यापारिक जहाजको सुरक्षित तथा निर्बाध सञ्चालन सुनिश्चित गर्नुपर्ने भारतको धारणा छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima