Skip to content

एनसेलका ग्राहकले सामसङको टिभी, फ्रिज र वासिङ मेसिन किन्दा ३१ प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सामसङ नेपालले एनसेलसँग मिलेर एनसेलका ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनमा दशैंको विशेष अफर ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले सामसङको चलिरहेको चाडपर्वको अफरमा थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसरी दुवै अफरबाट योग्य मोडेलहरूमा कुल ३१ प्रतिशतसम्मको लाभ लिन सकिनेछ ।

यस सहकार्यले सामसङको चाडपर्वको अफर “स्मार्ट अपग्रेड घरमा, लकी सर्प्राइज चाडमा ” लाई अझै आकर्षक बनाएको छ । यसले एनसेल का ग्राहकलाई यस चाडपर्वमा घरका लागि नयाँ टिभी, फ्रिज वा वासिङ मेसिन अपग्रेड गर्न थप फाइदा दिएको छ ।

यो अफर लिन ग्राहकले एनसेल एपको पार्टनर्ड सर्भिसेज् सेक्सनमा गएर आफूले पाउने छुट हेर्न सक्छन् । एनसेल प्याकमा गर्ने खर्चका आधारमा प्रत्येक ग्राहकले आफूलाई लागू हुने सामानमा छुटसहितको छुट्टै अफर पाउने एनसेलले जनाएको छ । त्यसपछि अफर कोड लिएर नजिकैको सहभागी सामसङ आधिकारिक डिलरकहाँ गई आफूले चाहेको सामान किन्न सक्छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima