काठमाडौं । भारतीय ब्रान्ड जेलियोको नयाँ इलेक्ट्रिक स्कुटर जेलियो ईभी नेपालमा सार्वजनिक भएको छ ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ स्कुटर र जेलियो जेलियो ईभी स्कुटरको आधिकारिक शोरुमको उद्घाटन गरिएका हुन् ।
जेलियो ईभी स्कुटरमा उच्च दक्षताको इलेक्ट्रिक मोटर, आधुनिक ब्याट्री प्रविधि, डिजिटल डिस्प्ले, आरामदायी राइडिङ, राम्रो स्टोरेज क्षमता तथा सुरक्षा सुविधाहरू जस्ता विशेषताहरू रहेको दाबी गरिएको छ ।
जेलियो ईभी स्कुटर खरिद गर्ने ग्राहकहरूले आकर्षक खरिद योजना, फाइनान्स सुविधा, एक्सचेञ्ज सुविधा, टेस्ट राइड सुविधा, बिक्रीपछिको सेवा तथा मर्मतसम्भार एवं स्पेयर पार्ट्स तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने जनाइएको छ । कम्पनीले नेपालीहरूको महान चाड दसैं तथा तिहारका अवसरमा कम्पनीले आफ्ना ४ वटै मोडलहरूमा १५ हजार रूपैयाँसम्म छुट दिने जनाएको छ।
जेलियो ईभी स्कुटरले आगामी दिनमा नेपालका विभिन्न प्रमुख शहर तथा बजारमा आफ्नो बिक्री तथा सेवा नेटवर्क विस्तार गर्दै विद्युतीय मोबिलिटीलाई थप सहज र पहुँचयोग्य बनाउने योजना अघि सारेको छ। थप जानकारी तथा टेस्ट राइडका लागि नजिकको जेलियो अधिकृत शोरुममा सम्पर्क गर्न सकिने जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्